मिनभवनमा स्ववियुद्वारा गौरा पर्व विशेष देउडा नाच हुँदै

काठमाडौं, भाद्र १४
–नेपाल कमर्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा भाद्र १५ गते बिहान ८ बजे क्याम्पस परिसरमा गौरा पर्व विशेष देउडा नाच कार्यक्रम आयोजना हुँदैछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा विशेष उत्साहका साथ मनाइने गौरा पर्वलाई क्याम्पसका विद्यार्थीबीच पनि सांस्कृतिक आदान–प्रदान र साझा पर्वको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

यस अवसरमा क्याम्पसका विद्यार्थी, शिक्षक, पूर्वविद्यार्थी र स्थानीय समुदायको सक्रिय सहभागिता रहने स्ववियुले जनाएको छ। परम्परागत देउडा नाचसहित विविध सांस्कृतिक प्रस्तुतीहरू पनि रहनेछन्।

स्ववियु अध्यक्षले गौरा पर्वले सामाजिक एकता, सद्भाव र संस्कृतिको संरक्षणमा ठूलो योगदान पुर्याउने भएकाले यसलाई विद्यार्थीमाझ पनि जीवन्त बनाउन कार्यक्रम गरिएको बताए, उनले सम्पुर्ण सरोकारवालाहरु माझ निमन्त्रणा पनि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *