नेपाल कमर्स क्याम्पसमा 3-Day Entrepreneurship and Financial Literacy  Workshop सम्पन्न

भदौ १३, २०८२, काठमाडौं

स्वतन्त्र विद्यार्थी युनियन, नेपाल कमर्स क्याम्पस द्वारा आयोजित FSUNCC 11 Days Knowledge Yatra – 2082 अन्तर्गत Entrepreneurship and Financial Literacy 3 Days Workshop आज सम्पन्न भएको छ। समापन कार्यक्रम क्याम्पसको BBA हलमा सम्पन्न भएको हो।

समापन सत्रका प्रमुख अतिथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (ANNFSU) का अध्यक्ष डा. सुजन कडारिया रहनुभएको थियो। उहाँले उद्यमशीलता र वित्तीय साक्षरताले युवालाई सबल बनाउन र राष्ट्रको आर्थिक रुपान्तरणमा नेतृत्व दिन सक्ने कुरा उल्लेख गर्नुभयो।

समापन सत्रमा सहभागीहरुले निम्न वक्ता तथा प्रशिक्षकहरूसँग प्रत्यक्ष अनुभव र ज्ञान आदानप्रदान गर्ने अवसर पाए:

आशिष रेग्मी (“दारी भाई”), युवा उद्यमी तथा संस्थापक – दारी भाई चिया पसल विभिन्न स्थानहरुमा सञ्चालन गर्दै आएका छन भने उनले चियाको फरक शैलिबाट व्यवसाय सुरुवात गरेका थिए भने आज त्यो काठमाडौ को गल्ली गल्लिमा ब्राण्ड रुपमा स्थापित भएको छ, अहिले युवाहरुको लागि उनी उत्प्रेरणाको स्रोत बनेका छन ।

श्यामकाजी खत्री, प्रमाणित SIYB प्रशिक्षक हुन भने उनले ३ दिन नै यश कार्यक्रममा प्रशिक्षक को भुमिका निर्वाह गरेका थिए, उनी स्ववियु २०६५ को सचिव समेत रहेका थिए, आफ्ना क्याम्पसका विद्यार्थीहरुलाइ आफू राष्ट्रियस्तरको प्रशिक्षक हुँदै गर्दा प्रशिक्षण गर्न पाउँदा निकै खुसी व्यक्त गरेका छन ।

प्रकाश श्रेष्ठ, प्रशिक्षक तथा उद्यमशीलता विज्ञले
Day- 2 र Day-3 महत्वपुर्ण सेसनहरु प्रदान गर्नुभयो भने उहाँ नेपाल कमर्स क्याम्पस मै अध्यापन पनि गराउनु हुन्छ ।

साथै अन्य उद्यमीहरूले आफ्ना वास्तविक स्टार्टअप अनुभव तथा वित्तीय साक्षरता सम्बन्धी विचारहरू प्रस्तुत गरे।

कार्यक्रमको अन्त्यमा पूर्ण उपस्थित सहभागीलाइ भौतिक प्रमाणपत्र वितरण गरिएको थियो।

समापन समारोहका वक्ताहरूले युवाले आफ्ना सिर्जनशील विचारलाई आयमूलक व्यवसायमा परिणत गर्नुपर्ने आवश्यकता औंल्याउँदै, यसले राष्ट्रको दीगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

स्वतन्त्र विद्यार्थी युनियन, नेपाल कमर्श क्याम्पसले कार्यक्रममा सहकार्य गर्ने सबै अतिथि, प्रशिक्षक, उद्यमी, सहभागी तथा सहयोगीहरूलाई विशेष धन्यवाद व्यक्त गरेको छ।

यो कार्यक्रम F”SU NCC  11 Days Knowledge Yatra – २०८२” को एक हिस्सा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *