नेपाल कमर्स इन्ट्रा क्याम्पस फुटसल टुर्नामेन्ट भोलि भाद्र 20 देखि सुरु

काठमाडौं, भाद्र १९ – स्वतन्त्र विद्यार्थी युनियन, नेपाल कमर्स क्याम्पसको आयोजनामा हुने नेपाल कमर्स इन्ट्रा क्याम्पस फुटसल टुर्नामेन्ट २०८२ भोलि भाद्र २० गतेदेखि सुरु हुँदैछ।

यस प्रतियोगिता क्याम्पसका छात्र–छात्रामाझ खेल भावना, एकता र आपसी सहयोगको संस्कारलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। साथै, स्वास्थ्यप्रति सचेतना बढाउने र प्रतिभाशाली खेलाडीलाई पहिचान तथा प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ।

प्रतियोगिता सिधै नकआउट चरणमार्फत सञ्चालन हुने छ, जसमा नेपाल कमर्स क्याम्पसका छात्र तथा छात्रा दुवैको सहभागिता रहनेछ। हरेक टिममा ८ खेलाडी (५ खेल्ने र ३ सब्स्टिच्युट) रहनेछन् भने खेल FIFA को सामान्य Futsal नियमअनुसार सञ्चालन हुनेछ। खेल अवधिमा Student ID अनिवार्य गरिएको छ।

विजेता टिमले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेतालाई पनि नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र फेयर प्ले अवार्डमार्फत व्यक्तिगत स्तरमा पनि सम्मान गरिनेछ।

आयोजक समितिका अनुसार आवश्यक तयारी पूरा भइसकेको छ र खेल तालिका सार्वजनिक गरिएको छ। खेललाई शैक्षिक गतिविधिसँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *