
काठमाडौं, भाद्र १७ – नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन, नेपाल कमर्स क्याम्पसको आयोजनामा ७२औँ वाणिज्य दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत दीप प्रज्वलन, निर्दोष विद्यार्थी बिपिन जोशीको तत्काल रिहाइको माग गर्दै शान्तिपूर्ण मार्च र राष्ट्रिय अखण्डताको सवालमा जागरण कार्यक्रम आयोजना गरिएको थियो।
स्ववियु अध्यक्षको नेतृत्वमा गरिएको मार्च नेपाल कमर्स क्याम्पसबाट सुरु भई बानेश्वर चोक, सङ्खमुल चोक हुँदै परिक्रमा गरिएको थियो। मार्चमा सहभागी विद्यार्थीहरूले “लिपुलेक–लिम्पियाधुरा हाम्रो हो”, “कालापानी छोड भारत”, “सुगौली सन्धि सम्झ” जस्ता नारा लगाउँदै राष्ट्रिय अखण्डता र स्वाभिमानको पक्षमा दृढ प्रतिवद्धता जनाएका थिए।
यस अवसरमा विद्यार्थी नेताहरूले वाणिज्य दिवसलाई केवल शैक्षिक दिवस मात्र नभई न्याय, स्वतन्त्रता र राष्ट्रियताको पक्षमा विद्यार्थी चेतना र संघर्षलाई सशक्त बनाउने दिनका रूपमा मनाउनुपर्ने धारणा राखे।
स्वतन्त्र विद्यार्थी युनियनले आगामी दिनमा पनि विद्यार्थी अधिकार, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानको लागि आन्दोलन जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।